बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दामा छानविन प्रतिवेदन मागियो
२८ मंसिर २०८२, आईतवार १६:३५

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ ।
साथै इजलासले पुनः आगामी मगलबारको दिन पेशी तोकी सरकारको नाममा छानविन प्रतिवेदन बुझाउन भनेको हो । यसअघि सर्वोच्च अदालतबाट मंसिर १७ मा जारी भएको आदेश सरकारले नदिएको भन्दै उक्त आदेश सहित पेशीमा आउने सम्बन्धी पूर्व आदेश जारी गरिएको जनाइएको छ ।

*यसअघि प्रकाशित समाचार गलत हुन गएकोमा क्षमायाचनासहित संशोधन गरिएको छ ।













