प्रभु महालक्ष्मी लाइफ नवौँ वर्षमा प्रवेश, ई–पोलिसी लोनको सुरुवात

२८ मंसिर २०८२, आईतवार १७:४९

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स मंसिर २८ गते आइतबारबाट आफ्नो स्थापनाको ८ वर्ष पूरा गरी ९ वर्षमा प्रवेश गरेको छ । कम्पनीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।

वार्षिकोत्सवका अवसरमा कम्पनीले डिजिटल माध्यमबाट बीमालेख धितो राखी ऋण लिन पाइने सेवा ‘ई–पोलिसी लोन’ सुरुवात गरेको छ । कम्पनीका सञ्चालकहरु विरेन्द्र जंग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शम्सेर पराजुली र भावना बलायर, प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं तथा कम्पनीका ब्रान्ड एम्बेसेडर मनोज गजुरेलले संयुक्त रुपमा ‘ई–पोलिसी लोन’ शुभारम्भ गरेका हुन् ।

उद्घाटन समारोहमा प्रमुख कार्यकारी अधिकृत प्रसाईले ‘ई–पोलिसी लोन’ ‘डिजिटल रुपान्तरणको पाइला’का रुपमा कम्पनीले बीमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताए । उनले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न ‘ई–पोलिसी लोन’ ल्याइएको स्पष्ट पारेका छन् ।

‘ई–पोलिसी लोन’ सेवा लिनका लागि बीमालेख कम्तीमा ३ वर्ष पूरा भएर ३ वर्षको बीमाशुल्क तिरेको र बीमालेख चालु रहेको हुनुपर्नेछ भने केवाईसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्नेछ । ‘ई–पोलिसी लोन’ सेवा प्रभु महालक्ष्मी लाइफको वेबसाइट तथा एप दुवैमा उपलब्ध छ ।

‘ई–पोलिसी लोन’का साथै एआई च्याटबट, डायनामिक क्यूआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले जनाएको छ । वार्षिकोत्सवकै अवसर पारेर प्रभु महालक्ष्मी लाइफले आइतबार तिखेदेवलमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । शिविरबाट ५०० भन्दा बढी स्थानीय लाभान्वित भएका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर १४ को कार्यालय परिसरमा सञ्चालित शिविरमा ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुलीको नेतृत्वमा रहेको १० सदस्यीय चिकित्सक टोलीले बिरामीको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रभु महालक्ष्मी लाइफले जानकारी दिएको छ । यससँगै प्रभु महालक्ष्मी लाइफले देशैभरिका ११५ शाखा तथा उपशाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*