जन्मदिनमा छोरीलाई नेशनल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । उपहारमै जोखिम रक्षावरण गर्ने बीमा पोलिसी पाउन थालेपछि पाउनेलाई पनि जीवनभर दिनेलाई पनि जीवनभर नै खुशी हुने भएन त? पछिल्लो समय बीमा क्षेत्रमा लागेका बीमाकर्मीहरुले विभिन्न उत्सव, जन्मदिन, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।
महंगा सुन, गहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च आफू मात्रै नभई आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी जीवन बीमा पोलिसी उपहार दिने संस्कृति वास्तवमै मानव जीवनको लागि निकै महत्वपूर्ण छ ।
यसैबीच काठमाडौं बागबजारस्थित ‘पाल्पाली क्याफे’ की सञ्चालक सुनिता नेपालले आफ्नो जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले आफ्नी छोरी समृद्धि नेपाललाई ७.५ लाख रुपैयाँ बीमांक भएको नेशनल लाइफ इन्स्योरेन्सको बाल अमृत–४ बीमालेख उपहार दिएकी हुन् ।
उनले बालबालिको शिक्षा, स्वास्थ्य र सुरक्षाको उत्कृष्ट जीवन बीमा भएकोले आफ्नो जन्मदिनमा छोरीको बीमा गरेको बताएकी छिन् ।बीमितहरुको अत्याधिक रोजाइको बीमा योजना बाल अमृत–४ बीमा योजनाले बच्चा र प्रस्तावकको दुबैको एउटै पोलिसिमा जोखिम बहन गर्ने सुविधा रहेको छ ।
बीमा पोलिसी हस्तान्तरण गर्दै नेशनल लाइफ इन्स्योरेन्स एजेन्सी दिपक बरालले भने, ‘बालबालिका भनेका भोलिका कर्णधार हुन । उनीहरुलाइ उचित शिक्षा र सस्कार दिनुपर्छ भने उचित शिक्षादिक्षा र पालनपोषणको लागि आफु रहदा उनीहरुको भविष्यको लागि एउटा कोष खडा हुन्छ । भोलिको दिन कस्ले देखेको हुन्छ र कसैले नसोचेको घटना घट्यो भने पनि भविष्यमा आफ्नो अनुपस्थितिमा उनिहरुको शिक्षा दिक्षाको ग्यारेन्टी दिने भनेको बालबालिकाको बाल अमृत बीमा हो।’
उनले थपे, ‘जसरी अमृतले मानिसलाइ आजिबन जिबित राख्छ त्यस्तै यो बीमाले पनि बालबालिकाको उचित शिक्षा दिक्षाको ग्यारेन्टी दिन्छ । दैनिक हुने खर्च बचत गरी आफ्नो जन्मदिनको उपलक्ष्यमा आफ्नो छोरीको ७.५ लाखको जीवन बीमा गर्नु भएकोमा म उहाँलाई धन्यवाद व्यक्त गर्दछु ।’













