अर्थमन्त्रालयको कारण शरद ओझाको सुनुवाई लम्बियो

२८ मंसिर २०८२, आईतवार २०:५१

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ।

आज नै हुने निर्णयमा अर्थ मन्त्रालयले फाइल नपठाउँदा अध्यक्ष नियुक्ति सम्वन्धी विवादको सुनुवाई लम्बिएको हो ।

अदालतको अबहेलनासम्वन्धी मुद्दामा पेशी तोकिनुपर्नेमा नतोकिएपछि दुवै मुद्दाको एकैसाथ सुनुवाई गर्नेगरी सर्वोच्चका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र श्रीकान्त रेग्मीको अघिल्लो इजलाशले आदेश दिएको थियो ।सोही अनुसार यसअघि न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । आज सुनुवाई हुन नसकेपछि अर्को पेशी पुस १ लाई तोकिएको स्रोतले जानकारी दियो ।

ओझाले दायर गरेको पुरक रिटअनुसार सर्वोच्चले अर्थमन्त्री रामेश्वर खनालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न आदेश दिइसकेको छ । अग्राधिकार पाएको यो मुद्दा संभवतः अबको पेशीमा टुंगिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*