आज पाँच कम्पनीको साधारणसभा बस्दै, सबैले लाभांश दिने

२९ मंसिर २०८२, सोमबार ०६:४२

काठमाडौं । आज मंसिर २९ गते एकैदिन पाँच वटा कम्पनीहरूको वार्षिक साधारणसभा बस्दैछ भने पाँचै कम्पनीहरूले आफ्ना शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेका छन्।

माउन्टेन इनर्जी नेपाल लिमिटेडले २० प्रतिशत बोनस शेयर र १.०५२६ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजेदेखि १२औं वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले मंसिर १७ गते बुक क्लोज गरिसकेको छ।

कृषि विकास बैंक लिमिटेडले ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) र अविमोच्य असंचिति अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव पारित गर्न आज भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा बस्दैछ। बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले १९ प्रतिशत लाभांश (कर सहित) घोषणा गरेको छ। लाभांश पारित गर्न आज काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान १० बजे ३९औं वार्षिक साधारणसभा बस्दैछ। बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ।

आईसीएफसी फाइनान्स लिमिटेडले १५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि आज काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजे २२औं वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले मंसिर १९ गते नै बुक क्लोज गरिसकेको छ।

सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ०.७८९ प्रतिशत नगद लाभांश (कर समेत) घोषणा गरेको छ। लाभांश पारितका लागि आज पोखराको घारपाटनस्थित आभ्या क्लबमा बिहान ११ बजे २०औं र २१औं वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ भने १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि समावेश गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*