निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति पुग्यो ?

२९ मंसिर २०८२, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य उकालो लागि रहेको छ । आज मात्रै सुन तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी सोमबार तोलामा ४५ रुपैयाँले बढेर तीन हजार ८७० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*