ङादी ग्रुप र लक्ष्मी सनराइज बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?
२९ मंसिर २०८२, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। जसमध्ये ङादी ग्रुप पावरको सर्वाधिक १४ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यसपछि लक्ष्मी सनराइज बैंकको १४ करोड १५ लाख रुपैयाँको, नेपाल एसबिआई बैंकको १३ करोड ४८ लाख रुपैयाँको, सीईडीबी होल्डिङ्सको ९ करोड ६० लाख रुपैयाँको, हिमालयन रिको ७ करोड ५६ लाख रुपैयाँ र श्रीनगर एग्रीटेकको ६ करोड ४२ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
त्यसैगरी सागर डिष्टिलरीको ६ करोड ३५ लाख रुपैयाँको, मञ्जुश्री फाइनान्सको ६ करोड १२ लाख रुपैयाँको, नारायणी डेभलपमेन्ट बैंकको ५ करोड २७ लाख रुपैयाँको र अप्पर स्याङ्गे हाइड्रोपावरको ५ करोड १९ लाख रुपैयाँमाथिको शेयर खरीद बिक्री भएको छ।














