सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक वृद्धि, कुनको कति ?

२९ मंसिर २०८२, सोमबार १५:१५

काठमाडौँ । निरन्तरको राताम्य यात्रापछि आज भने बजारमा सामान्य सुधार देखिएको हो । बजार बढेपनि अधिकांश कम्पनीको शेयर मूल्य भने घटेको हो ।

यसदिन १५५ कम्पनीको शेयर मूल्य मात्रै सुधार देखिएको देखिन्छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.७४ अकंले बढेर २५०१.६१ बिन्दुमा कायम भएको छ । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयरमा सर्किट लागेको हो ।

यसदिन स्वेट–गंगा हाइड्रोपावरको ८.७९ प्रतिशत र ओम मेगाश्रीको ४.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*