पाण्डेयको अध्यक्षतामा राष्ट्रिय बीमा कम्पनी कर्मचारी संघको १५ सदस्यीय केन्द्रीय समिति निर्वाचित

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो केन्द्रीय अधिबेशन मंसिर २६ र २७ गते नुवाकोटको सूर्यचौरमा सम्पन्न भएको छ। अधिबेशनबाट दिपक राज पाण्डेयको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्य समिति निर्वाचित भएको हो ।
निर्वाचित कार्य समितिमा बरिष्ठ उपाध्यक्ष अभिमन्यु खनाल, महिला उपाध्यक्ष उत्तरा रेग्मी, महासचिव नुवराज रेग्मी, उप–महासचिव खगेन्द्र थापा, सचिव विशाल घिमिरे, कोषाध्यक्ष कमल अधिकारी, सह–कोषाध्यक्ष याम प्रसाद अधिकारी रहेका छन्। सदस्यहरुमा कमला ओझा, डम्बर विनाडी, नारायण अर्याल, पुजा गुरागाई, निरा ज्ञवाली, निर्मला कुमारी जोशी र केशव राज पनेरु रहेका छन्।
अधिबेशन संघका महासचिव अभिमन्यु खनालको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा संघका राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष पर्शुराम खनाल प्रमुख अतिथि, राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा। शिवहरी श्रेष्ठ र फियन राष्ट्रिय समितिका महासचिव विकास श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए।
साथै कम्पनीका मुख्य व्यवस्थापक तथा कम्पनी सचिव रजनी पौडेल र मुख्य व्यवस्थापक तथा कर्मचारी प्रशासन प्रमुख डा. सृजना पन्तको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको थियो।













