चार महिनामा अन्तर–बैंक कारोबारमा गिरावटः वाणिज्य बैंकको कारोबार २ खर्ब ८८ अर्बमा सीमित

२९ मंसिर २०८२, सोमबार १६:२१

काठमाडौँ। आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा वाणिज्य बैंकहरू र अन्य वित्तीय संस्थाहरूबीच कुल ३ खर्ब ५४ अर्ब १५ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार यसमा वाणिज्य बैंकहरूको हिस्सा २ खर्ब ८८ अर्ब ९१ करोड रहेको छ भने अन्य वित्तीय संस्थाहरूको हिस्सा ६५ अर्ब २४ करोड पुगेको छ।

गत वर्षको सोही अवधिसँग तुलना गर्दा वाणिज्य बैंकहरूको अन्तर–बैंक कारोबार ४ खर्ब ७० अर्ब ३० करोड र अन्य वित्तीय संस्थाहरूको कारोबार ६१ अर्ब ८० करोड रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*