बैंक कर्मचारीमाथि आक्रमणपछि सीईओ संगठनको गम्भीर ध्यानाकर्षण, कडा कारबाही माग

२९ मंसिर २०८२, सोमबार १८:०६

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाका सीईओहरूको संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि भएको आपराधिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

संघठनले जारी गरेको विज्ञप्तिमा रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न बोलाएर बैंकका क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरूलाई मंसिर २४ गते नियन्त्रणमा लिई दुव्र्यवहार र आक्रमण गरेको घटनालाई घोर निन्दा गरेको छ। संगठनले यसलाई नियोजित र अमानवीय व्यवहारको रूपमा वर्णन गर्दै बैंकिङ क्षेत्रमा बढ्दो अराजक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ ‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन् ।’

संघठनले कानुनी बाटो अपनाउन सकिने भए पनि कानुन आफ्नै हातमा लिने कार्यको भत्र्सना गर्दै कर्मचारीहरूको ज्यानै लिन खोज्ने सुनियोजित आपराधिक कार्यको घोर भत्र्सना गरेको जनाएको छ। घटना घटेकै दिन सम्बन्धित निकायलाई जानकारी गराइए पनि तत्काल सम्बोधन नहुने र जाहेरी दर्ता नहुनु खेदजनक भएको उल्लेख गर्दै संगठनले स्थानीय प्रहरी प्रशासनको कमजोरीप्रति ध्यानाकर्षण गराएको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायबाट स्वतः अनुसन्धान अगाडि बढाउन र अपराधीहरूलाई तत्काल कारबाही गर्न संगठनले जोडदार माग गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*