आइसिएफसि फाइनान्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२९ मंसिर २०८२, सोमबार १८:२८

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले २२औं वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ ।

साधारण सभाबाट आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश दिने प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ ।

साथै, आगामी आर्थिक वर्ष २०८२।८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री एसएआरएसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि पारित भएको छ ।

फाइनान्सका अनुसार चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रुपैयाँ रहेको छ । हालसम्म संस्थाले २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधि मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*