कृषि बीमाबाट किसानलाई साढे दुई अर्बमाथिको भुक्तानी

१ पुष २०८२, मंगलवार १०:४९

काठमाडौं । कृषि बाली तथा पशुपन्छी बीमामार्फत कृषकहरुले दुई अर्ब ६५ करोड ९९ लाख रुपैयाँ भुक्तानी पाएका छन् ।

किसानले गत आर्थिक वर्ष २०८१र८२ मा सरकारको अनुदान रकम र बीमा कम्पनीमार्फत भुक्तानी पाएका हुन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार गत आवमा किसानले आठ करोड ८४ लाख रुपैयाँ बालीतर्फ र एक अर्ब २५ करोड रुपैयाँ पशुपन्छीतर्फ गरेर एक अर्ब ३३ करोड ८४ लाख रुपैयाँ सरकारको अनुदानमार्फत बिमितले दाबी भुक्तानी रकम पाएका हुन् ।

बिमा कम्पनीमार्फत बालीतर्फ किसानले २१ करोड ९१ लाख रुपैयाँ र पशुपन्छीतर्फ एक अर्ब २० करोड २४ लाख रुपैयाँ गरेर एक अर्ब ४२ करोड १५ लाख रुपैयाँ दाबी भुक्तानी रकम पाएको उनले बताए ।

बालीतर्फका एक हजार एक सय २३ जना र पशुपन्छीतर्फका २२ हजार पाँच सय ६० जना गरेर २३ हजार ६ सय ६८ जना किसानले दाबी भुक्तानी रकम पाएका थिए ।

सरकारले कृषि बिमालाई प्राथमिकतामा राख्दै बिमितलाई कृषि तथा पशुपन्छी बिमाको बिमा शुल्कमा ५० देखि ८० प्रतिशतसम्मको अनुदान रकम प्रदान गर्दै आएको छ ।

गत आवमा बिमित एक लाख ६२ हजार १० जना रहेकोमा बिमांक ९वस्तुको मूल्य० तीन खर्ब ६ अर्ब ८४ करोड रुपैयाँ छ भने बिमा शुल्क एक अर्ब ७० करोड रुपैयाँ छ ।

बाली र पशुपन्छी बिमा गर्नेहरूमध्ये २०७९र८० मा बिमित एक लाख ८८ हजार आठ सय ९३ जना रहेकामा बिमांक ९वस्तुको मूल्य० पाँच खर्ब एक अर्ब १० करोड रुपैयाँ रहेको थियो भने बिमा शुल्क दुई अर्ब ३१ करोड रुपैयाँ थियो ।

सोही आर्थिक वर्षमा बिमितले सरकारमार्फत अनुदान रकम एक अर्ब ८५ करोड रुपैयाँ पाएका छन् भने बिमा कम्पनीमार्फत एक अर्ब ८४ करोड रुपैयाँ पाएका थिए । सोही रकम पाउने दाबी भुक्तानीको संख्या ३७ हजार नौ सय २१ छ ।

यस्तै आर्थिक वर्ष २०८०र८१ मा बिमित एक लाख ५६ हजार एक सय २१ जना रहेकामा बिमांक चार खर्ब दुई अर्ब १४ करोड रुपैयाँ छ भने बिमा शुल्क दुई अर्ब तीन करोड रुपैयाँ छ । यस आवमा बिमितले सरकारमार्फत अनुदान रकम एक अर्ब ६२ करोड रुपैयाँ पाएका थिए भने बिमा कम्पनीमार्फत एक अर्ब ५८ करोड रुपैयाँ पाएका थिए । सो रकम पाउने दाबी भुक्तानीको संख्या ३३ हजार एक सय २८ छ ।

किसानले बिमाको महत्त्व बुझ्दै जान थालेकाले गर्दा पनि बिमातर्फ आर्कषण बढेको जनाइएको छ । बिमा सम्बन्धी बिमा कम्पनी र प्राधिकरणले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*