ओझाविरुद्धको मुद्दामा सर्वोच्चको सुनुवाई प्रभावित

१ पुष २०८२, मंगलवार १२:१६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गर्ने सरकारी निर्णयविरुद्ध शरद आझाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई प्रभावित भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएकामा हेर्न नमिल्नेमा परेसँगै सुनुवाई प्रभावित भएको हो ।

गत मंसिर २८ गतेको पेशीमा सुनुवाई हुँदा नेपाल सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन इजलास समक्ष पेश नभएकोले सुनुवाई प्रभावित भएको थियो ।

आज सरकारले छानविन प्रतिवेदन पेश गर्ने सम्भावना रहेकामा सुनुवाई टरेको छ । यो सँगै यसअघि जारी अल्पकालिन अन्तरिम आदेश खारेज हुने वा जारी रहने भन्ने निर्णय समेत धकेलिएको छ ।

ओझाले नै दायर गरेको रिटले अन्तरिम आदेश भने पाएको थिएन । ओझाविरुद्ध सर्वोच्च अदालतमा चलेको मुद्दा विचाराधीन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*