ओझाको मुद्दामाथि आज पनि सर्वोच्च अदालतमा बहस हुँदै
१ पुष २०८२, मंगलवार ११:४६

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गर्ने सरकारी निर्णयका विरुद्धमा शरद आझाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज पनि सुनुवाई हुँदैछ ।
आज हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा सुनुवाई हुँदैछ ।
गत मंसिर २८ गतेको पेशीमा सुनुवाई हुँदा नेपाल सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन इजलास समक्ष पेश नभएकोले सुनुवाई प्रभावित भएको थियो । आज सरकारले छानविन प्रतिवेदन पेश गरेको खण्डमा यसअघि जारी अल्पकालिन अन्तरिम आदेश खारेज हुने वा जारी रहने भन्ने निर्णय हुनेछ ।
यसअघि ओझाले नै दायर गरेको रिटले अन्तरिम आदेदश पाएको थिएन । ओझाका विरुद्धमा सर्वोच्च अदालतमा चलेको मुद्दा विचाराधीन अवस्थामा नै रहेको छ ।













