नेको इन्स्योरेन्सका सिईओ खड्का महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि किन मौन बसीरहेको छ प्राधिकरण?

१ पुष २०८२, मंगलवार १५:४६

काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का काम छोडेर महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि नियामक निकाय बीमा प्राधिकरण मौन नै बसीरहेको बिषयलाई सम्रग बीमा क्षेत्रले गम्भीर रुपमा आपत्ति जनाईरहेका छन्।

खड्काले एमालेको महाधिवेशनमा उम्मेदवार बनेर सहभागी बनेर खुल्ला रुपमा भोट मागिरह्दा समेत प्राधिकरणको ऐनमा राजनितिक क्षेत्रमा लाग्ने पदाधिकारीको लागि कुनै बाधा छैन भन्दै ऐन कानुनको पाना पल्टाउदै बसीरहेको पाइएपछि बीमा अधिकारीहरुले नियामक निकायमाथि प्रश्न समेत उठाइरहेका छन् ।

यस्को फाइदा नेको इन्स्योरेन्स कम्पनीका सिईओ खड्काले उठाईरहेका छन् । खड्का आफनो पहिचान नै परिर्वतन गरी उनी चुनावमा होम्मिएका छन् । सो हुँदा पनि प्राधिकरणका उच्च पदाधिकारीहरु मौन बस्नु बाहेक कुनै विकल्प रहेको छैन ।

बीमा क्षेत्रका कतिपय अधिकारीले बीमा ऐन संसोधनको क्रममा नेकपा एमालेको प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीलाई बढुवा गर्ने लोभमा बीमा कम्पनीका सिईओ पाटीमा प्रवेश गर्न पाउने व्यवस्था संसोधन गर्न लगाएका थिए ।

सो समयमा आगामी चुनाव र विचौलियाको काम गर्न समर्थन जनाएपछि केपी ओलीको सरकारले उनलाई कार्यकारी निर्देशक पदको जिम्मेवारी दिएको थियो । सो कारण पनि उनले नुनको सोझे गरिरहेको बुझिएको छ।

उक्त कारण नै बीमा ऐन संसोधनमा राजनितिक पार्टिमा लाग्न नपाउने व्यवस्था संसोधन गरिएको बुझिएको छ ।

सो कारण पनि नेकपा एमालेको नुनको सोझे गर्न समेत सुवेदीले खुल्ला रुपमा अधिवेसनमा भोट माग्दा समेत मौन बस्नु परेको बुझिएको छ। बीमापोष्टले कार्यकारी निर्देशक सुशीलदेव सुवेदीलाई यस बिषयमा प्रश्न गर्दा ऐनमा केही व्यवस्था नभएर मौन बस्न बाध्य भएको प्रतिकृया दिएका छन् ।

सिइओ खड्का एमालेको महाधिवेशनमा मधेश प्रदेश भूगोलको तर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवार हुन् । उनी मंसिर २९ गते
देखि नै महाधिवेशन प्रतिनिधिहरुसँग भोट मागिरहेका छन् ।

कम्पनीका एक कर्मचारीका अनुसार सिइओ खड्का बिहान केहीबेर अफिस पुगेर हाजिरी गरि फेरि एमालेको महाधिवेशनमा जाने गर्दा दैनिक काम कारवाहीमा समेत असर परेको बताँउछन् ।

सिईओ खड्का आज बिहानदेखि अधिवेसन स्थल र सामाजिक संजालमाको फेसबुक पेजहरुमा एमालेको केन्द्रीय सदस्यका लागि भोट माग्न व्यस्त छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*