बोटलर्स नेपालका दुवै कम्पनीले बोलाए साधारणसभा, शेयरधनीलाई छैन लाभांश

२ पुष २०८२, बुधबार ०८:०४

काठमाडौं । बोटलर्स नेपाल (बाजालु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले पुस २३ गते वार्षिक साधारणसभा बोलाएको छ।

बोटलर्स नेपाल बाजालुको ४७ औं वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा दिउँसो ३ बजेदेखि बस्नेछ भने बोटलर्स नेपाल तराईको ३९औं वार्षिक साधारणसभा सोही स्थानमा बिहान साढे ११ बजेदेखि बस्नेछ।

दुवै कम्पनीले शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेका छन्। साधारणसभाले गत आर्थिक वर्षको प्रतिवेदन र वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण् गर्नेछ।

बोटलर्स नेपाल बाजालुले १ जना सर्वसाधारण शेयरधनी सञ्चालकको निर्वाचन पनि गर्नेछ। साधारणसभा प्रयोजनार्थ दुवै कम्पनीले पुस ११ गते बुक क्लोज गर्ने भएकाले पुस ८ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*