नेशनल लघुवित्तद्वारा १५% लाभांश प्रस्ताव, बोनस र नगद कति?

२ पुष २०८२, बुधबार १०:०२

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस १ गते बेलुकी साढे ६ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ३३ करोड १६ लाख ८ हजार रुपैयाँको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद (कर तिर्न) गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको यो प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा विरतण हुनेछ।

1765943512032

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*