बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
२ पुष २०८२, बुधबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने हालसम्मकै उच्च रेकर्डमा पुगेको छ । चाँदी तोलामा एकैदिन १७० रुपैयाँले बढेर प्रतितोला चार हजार ५५ रुपैयाँ पुगेको छ ।













