युनियन हाइड्रोपावरको शेयरमूल्यमा झुम्मिए लगानीकर्ता, अन्य कसको कति कारोबार ?

२ पुष २०८२, बुधबार १५:०९

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७० अंकले बढेर २६२५.७० को बिन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै आज विभिन्न सेक्टरका ३३२ वटा कम्पनीहरुको ८५ लाख ९८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब पाँच करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जसमा आज युनियन हाइड्रोपावरको २२ करोड ७८ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

त्यस्तै, मन्जुश्री फाइनान्सको १३ करोड ७६ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*