आन्दोलन टुंग्याउँदै सालासुङ्गी हाइड्रोपावर, आयोजना प्रभावितलाई शेयर दिने निर्णय

२ पुष २०८२, बुधबार १७:१७

काठमाडौं । सालासुङ्गी हाइड्रोपावरले आयोजना प्रभावित स्थानीयबासिन्दाको माग सम्बोधन गर्दै शेयर उपलब्ध गराउने निर्णयसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । लामो समयदेखि शेयर पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रिएका स्थानीयसँग सहमति भएपछि आयोजनाको अवरुद्ध गतिविधि पुनः सहज बन्दै गएको हो ।

स्थानीय सरोकारवालासँग छलफल र सहमतिपछि कम्पनीले प्रभावित क्षेत्रका बासिन्दालाई प्राथमिकताका आधारमा सेयर दिने निर्णय औपचारिक रूपमा अघि सारेको जनाएको छ । यससँगै आयोजना स्थलमा सञ्चालन हुँदै आएका विरोधका कार्यक्रम स्थगित भएका छन् ।

करिब २० अर्ब रुपैयाँ निजी क्षेत्रको लगानीमा निर्माण भएको ७८ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना सन् २०१९ मा सुरु भई सन् २०२५ मा सम्पन्न भएको हो । आयोजनाअन्तर्गत समुद्री सतहदेखि करिब ३४ मिटर उचाइमा बाँध निर्माण गरिएको छ ।

जलविद्युत् गृहका इञ्जिनीयर राजु श्रेष्ठका अनुसार आयोजनाबाट वर्षायाममा पूर्ण क्षमताको नजिक विद्युत् उत्पादन हुने भए पनि हिउँद याममा उत्पादन घटेर करिब १५ मेगावाटमा सीमित हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*