लाभांश पारित गर्न सानिमा रिलायन्स लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?

३ पुष २०८२, बिहीबार ०७:३९

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ।

साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, गत संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पुस ९ गतेसम्म कायम शेयरधनीहरू मात्रै सो सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*