यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

३ पुष २०८२, बिहीबार ०९:०८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार सानो लोकल गोलभेंडा ७५ रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, तीते करेला १३० रुपैयाँ र घिरौला १०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी हरियो फर्सी ६० रुपैयाँ र पाकेको फर्सी ४० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, रायोको साग ४० रुपैयाँ र तोरीको साग ५० रुपैयाँ, बकुला १४५ रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ र डल्ले च्याउ ३०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*