सन नेपाल लाइफद्वारा २० प्रतिशत लाभांश प्रस्ताव
३ पुष २०८२, बिहीबार ०९:४०

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले २०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको हो।
यो प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।
1765973694171












