नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने
३ पुष २०८२, बिहीबार १२:४३

काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि अर्थात शुक्रबार, सोमबार र मंगलबारका दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको हो ।
बीमा ऐन २०७९ अनुसार अभिकर्ताको परीक्षा लिएर मात्र बीमा इजाजतपत्र दिने व्यवस्था भए बमोजिम परीक्षा सञ्चालन गर्न लागेको हो । जीवन बीमा अभिकर्ताको परीक्षामा नेपाल भरीबाट सहभागी हुन सक्नेछन् । साथै, परीक्षा दिँदा सम्बन्धित परीक्षार्थी क्यामेरामा स्पष्ट रुपमा देखिने गरी परीक्षा दिनुपर्ने प्राधिकरणले जनाएको छ ।













