ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष

३ पुष २०८२, बिहीबार १३:४१

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् ।

महाधिवेशनमा भएको मतदानमा ओलीले १ हजार ६६३ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी पोखरेल ५६४ मतमा सीमित भए । यसरी ओली र पोखरेलबीच १ हजार ९९ मतको अन्तर रहेको छ ।

अध्यक्ष पदमा पुनः निर्वाचित भएसँगै ओलीले पार्टीको नेतृत्व निरन्तरता दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*