एमाले अध्यक्ष ओलीको यस्तो बन्यो विजयी टिम

३ पुष २०८२, बिहीबार १४:१९

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै जित निकाल्न सफल भएका छन् । पुष २ गतेदेखि सूरु भएको निर्वाचनको मत परिणामले अध्यक्ष के पी शर्मा ओलीलाई झनै बलियो रुपमा प्रकट गरेको हो ।

नेकपा एमालेको ११औं अधिवेशनबाट महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा विष्णु पौडेल, राम बहादुर थापा, गुरु बराल, पृथ्वीसुव्वा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्ट र उपमहासचिवमा लेखराज भट्ट, रघुविर महासेट र योगेश भट्टराई निर्वाचित भएका छन् ।

साथै, सचिवमा अध्यक्ष ओलीको प्यानलै विजयी भएको छ । जसमा ओलीका विशेष पात्रको रुपमा हेरिएका महेश बस्नेतले सर्वाधिक मत ल्याउन सफल भएका छन् । सचिवमा महेश बस्नतेसहित छबिलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यमलाल पौडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*