एमाले महाधिवेशनको मैदानबाट भागेका अशोक खड्काले पाए ३७४ भोट
३ पुष २०८२, बिहीबार १५:२८

काठमाडौं । एमाले महाधिवेशनको मैदानबाट भागेका अशोक खड्का(केसी)ले ३७४ भोट पाएका छन् ।
आज विहान सम्पन्न भएको नेकपा एमालेको ११ औं महाधिवेशनमा प्रतिनिधि मात्रै होइन, केन्द्रीय सदस्यको उम्मेदवार बनिसकेको अवस्थामा आफूलाई समेत मतदान नगरी भागेका हुन् । केन्द्रीय सदस्यको उम्मेदवार खड्का मैदानबाट बाहिरीए पनि उनलृ ३७४ भोट भने पाएका छन् ।
केन्द्रिय सदस्य भुगोल मधेस खुलाबाट खड्का सहित १४ जनामध्ये सबैभन्दा धेरै भोट हरिप्रसाद उप्रेतीले ल्याएका छन् । १४ जनामध्ये पाँच जना उम्मेदावर मनोनयन भएका छन् ।













