नेपाल इन्स्योरेन्सको भवन निर्माणमा भ्रष्टाचारः ३२ करोड खर्च हुँदा सिईओले कति खाए घुस ?

३ पुष २०८२, बिहीबार १५:५२

काठमाडौं । नेपाल इन्स्योरेन्सको निर्माणाधीन भवनमा लागत अनुमानदेखि नै भ्रष्टाचार भएको पाइएको छ । नेपाल इन्स्योरेन्सको २० करोडमा हुने भवन निर्माणको काममा ३२ करोडमाथिको बजेट विनियोजन गरेको पाइएको छ।

कम्पनीको काठमाण्डौं महानगरपालिका वडा नं २८ कमलादी स्थित साविक प्रधान कार्यालय रहेको स्थानमा निर्माण भएको ११ तले कर्पोरेट भवनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विर कृष्ण महर्जनले भष्ट्राचार गरेको पाइएको हो ।

लागत निर्माणका क्रममा जुन विधि वा प्रक्रियाबाट काम महँगोमा गर्न सकिन्छ, सोही विधि प्रयोग गरेर लागत अनुमान तयार गरिएको पाइएको छ । सो विधि प्रयोग गर्न लगाई कम्पनीका सिईओ विर कृष्ण महर्जनले करिब १२ करोड रुपैयाँ भष्ट्रचार गरेको पाइएको हो।

भवन निर्माणका लागि जग खन्ने कामका लागि मात्रै भनेर प्रचलित बजार मूल्यभन्दा बढीको लागत अनुमान तयार पारिएको पाइएको छ । कम्पनीको भवनको लागत विभिन्न शीर्षकमा बढाइएर कम्पनीको सिईओले नै १२ करोड रुपैयाँ भष्ट्राचार गरेको पाइएको छ।

२०७९ जेठदेखि निर्माण थालेको कम्पनीले निमार्ण प्रकृयामा विभिन्न माध्यमको बाटो देखाउदै ढिलाई गरिरहेको पाइएको छ।

निर्माणमा भएको खर्च, निर्माणमा गुणस्तरदेखि ठेक्का लगाउँदासम्मका प्रक्रियामा बदनियतपूर्ण रूपमा काम गरेको देखिएपछि कम्पनीभित्रै शंकाको घेरामा कम्पनीका सिईओ परेका छन् ।

भवनको स्वरूप पनि सुरुको डिजाइनअनुसार नदेखिएको अनुसन्धान स्रोतको भनाइ छ । २०७९ मा भवन निर्माणका लागि भवन निमार्ण प्रक्रिया अघि बढाएकोमा हालसम्म यो योजना सम्पन्न भएको छैन।यो भवनको शिलान्यास बीमा प्राधिकरणका पूर्व अध्यक्ष सूर्य सिलवालको कार्यकाल ०७९ जेठ ६ गते भएको थियो ।

जेठ १८ गते कम्पनीमा सिईओको रुपमा प्रवेश गरेका महर्जन करार सेवामा प्रवेश गरेर चार कार्यकालको लागि नियुक्त भएका थिए । महर्जनको नियुक्तिपछि उनले भवन निमार्णमा जग खन्ने कामदेखि हाल ९५ प्रतिशत काम सकिसक्दासम्म खर्च कटौती गरेर अन्य प्रायोजनमा राख्न लगाई १५ करोड रुपैयाँ भष्ट्रचार गरिएको बुझिएको छ।

हाल कम्पनीको प्रोजेक्ट ९५ प्रतिशत सम्पन्न भइसकेको भवनको ठेक्का पाएको हिमालयन बिल्डर एण्ड इन्जिनियरस कम्पनीका डकुमेन्ट अफिसर प्रमोद सिलावलको रहेको छ । बीमापोष्टले भवनको बिषयमा विस्तृत जानकारी लिन खोज्दा सिलावालले जवाफ दिन खोजेनन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*