मुक्तिनाथ कृषि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

३ पुष २०८२, बिहीबार १६:१७

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले विद्यमान शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी ७५ करोड ६० लाख  बराबरको ७५ लाख  ६० हजार कित्ता साधारण शेयरको १:०.६९ अनुपातमा नयाँ हकप्रद शेयर जारी गर्न लागेको हो ।

यस अनुसार प्रत्येक विद्यमान १ कित्ता शेयरधनीलाई ०.६९ कित्ता नयाँ शेयर पाउने अधिकार हुनेछ। हकप्रद शेयरको कुल मूल्य  ४५ करोड  ३६ लाख  हुने र प्रति शेयर अंकित दर १०० निर्धारण गरिएको छ।

कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले बुधबार काठमाडौंस्थित कम्पनी कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*