चार कम्पनीको साधारणसभा आज, तीन कम्पनीले लाभांश बाँड्ने

४ पुष २०८२, शुक्रबार ०६:३४

काठमाडौं । आज पुस ४ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत चारवटा कम्पनीहरूको साधारणसभा बस्दैछ भने तीनवटा कम्पनीले लाभांश प्रस्ताव पारित गर्दैछ।

नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र २.१०५ प्रतिशत नगद (कर समेत) लाभांश र १ः१ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारित गर्नका लागि आज काठमाडौंको थिरबमस्थित आम्रपाली ब्याङ्क्वेटमा र गूगल मीट मार्फत बिहान ९ बजेदेखि तेह्रौं वार्षिक साधारणसभा बस्दैछ। यस कम्पनीले मंसिर ११ गते बुक क्लोज गरिसकेको छ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद (कर समेत) लाभांश र २ः१ को अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारित गर्नका लागि आज काठमाडौंको बत्तिसपुतलीस्थित होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सोह्रौं वार्षिक साधारणसभा बस्दैछ। यस कम्पनीले मंसिर १७ गतेदेखि बुक क्लोज गरिसकेको छ।

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद (कर समेत) लाभांश गरी कुल १० प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

यो प्रस्ताव पारितका लागि आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल अरनिको प्रा.लि मा दिउँसो २ बजेदेखि नवौं वार्षिक साधारणसभा बस्दैछ। यस कम्पनीले मंसिर २२ गते बुक क्लोज गरिसकेको छ।

काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले शेयरधनीलाई लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन। आज काठमाडौंको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा अपरान्ह ३ बजेदेखि चौथो वार्षिक साधारणसभा बस्दैछ। यस कम्पनीले मंसिर २४ गतेदेखि बुक क्लोज गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*