प्रतिकित्ता ३९५ रुपैयाँमा छिमेक लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ७० हजार ८४७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।
जसमध्ये संस्थापक शेयरधनी एसजी सेक्यूरिटिज प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र शिवाङ्गी इन्भेष्टमेण्ट प्रा.लि को नाममा रहेको ६४ हजार ३०६ कित्ता र विनिता अधिकारीको नाममा रहेको ४२ हजार २३५ कित्ता शेयर रहेको छ।
यीमध्ये कम्पनीहरूको नाममा रहेको १ लाख २८ हजा ६१२ कित्ता शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ३९५ रुपैयाँ रहेको छ भने ४२ हजार २३५ कित्ता शेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम ४१० रुपैयाँ रहेको छ।
संस्थापक शेयर बेच्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीलाई नै दिनु पर्ने प्रावधान भएकाले हाल यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन्।
इच्छुक शेयरधनीले आवश्यक कागजात सहित काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर निवेदन दिनु पर्नेछ।
तोकिएको समयावधिभित्र कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेको खण्डमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्नका लागि प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।













