प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

४ पुष २०८२, शुक्रबार ०९:२५

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको घोषणा गरेको हो।

घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1766059906579

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*