सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

४ पुष २०८२, शुक्रबार १०:१९

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को हिजो बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ।

बैठकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

1766117554712

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*