सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १७ हजार २३८ जनाले पाए शेयर
४ पुष २०८२, शुक्रबार १०:३६

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले आज बिहान शेयर बाँडफाँड गरेको हो।
कम्पनीले मङ्सिर २५ गतेदेखि मङ्सिर २९ गतेसम्म नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ७२ हजार ३८८ कित्ता शेयर निष्काशन गरेको थियो।
यो आईपीओमा ६७ हजार ६५५ जनाको आवेदन परेकोमा ६७ हजार ६३७ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने अरु आवेदन रीतपूर्वक नपरेको भन्दै रद्द गरिएको छ। गोलाप्रथाबाट आईपीओ बाँडफाँड गर्दा १७ हजार २३८ जनाले १० कित्ताका दरले शेयर पाएका छन्। यी मध्ये ८ जनाले थप १/१ कित्ता गरी ११ कित्ता शेयर पाएका छन्।













