लाभांशसहितका एजेण्डा पारित गर्दै आशा लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा धुलिखेलस्थित होटल अरनिको प्रा.लि. मा सम्पन्न भएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र ०.५ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल १० प्रतिशत लाभांश पारित गरेको छ ।
साथै गत आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब विवरण र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।
त्यसैगरी अन्य लघुवित्तसँग मर्जरमा जान आवश्यक कार्य गर्न र सम्बन्धित निकायहरूबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गरेको हो ।













