पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज पुस ६ गते आइतबार विभिन्न पाँच वटा कम्पनीहरू महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
पाँचै वटा कम्पनीहरूले आ–आफ्नो वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा यी कम्पनीको शेयर किन्नेले सम्बन्धित कम्पनीको लाभांश पाउनेछन।
महालक्ष्मी विकास बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस र ५.३७ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ भने नेपाल लाइफले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्दैछ।
त्यसैगरी तारागाउँ रिजेन्सी होटल्सले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरणको प्रस्ताव गरेको छ भने सिंगटी हाइड्रो इनर्जीले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र नेपाल हाइड्रो डेभलोपरले चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको निर्णय गरेको छ।













