पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ बालाजु शाखाको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिति गठन

६ पुष २०८२, आईतवार ०९:००

काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति अन्तर्गत नेपाल लाइफ, बालाजु शाखा समितिको छैटौं अधिवेशन मिति पौष ०५ गते शनिबार नयाँ बजारस्थित सगुन क्याफेमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।

अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ। निर्वाचित कार्यसमितिमा सुरेन्द्र लाल श्रेष्ठ अध्यक्ष, सीता खनाल उपाध्यक्ष, सरिता पाण्डे सेढाई सचिव, देबकी ढुंगाना सह–सचिव तथा सपना भुषाल कोषाध्यक्ष चयन भएका छन्। यस्तै सदस्यहरूमा इन्दिरा भेटवाल, कविता सिंखडा, सीता ढकाल, रजना गोर्खाली, देबकी खनाल र सिर्जना ढकाल निर्वाचित भएका छन्।

अधिवेशनमा सहभागी सदस्यहरूले नव निर्वाचित कार्यसमितिलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा बिमा अभिकर्ताको पेशागत मर्यादा, संगठन सुदृढीकरण तथा सेवाग्राहीमैत्री बिमा सेवाको प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*