एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

६ पुष २०८२, आईतवार ११:११

काठमाडौँ । एनआईसी एशिया बैंकका सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् ।

अग्रवालले आफ्नो व्यक्तिगत कारणवश सञ्चालक एवं अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । पुष ६ गते बसेको सञ्चालक समितिको ७४२औं बैठकले राजीनामा स्वीकृत समेत गरेको छ ।

असोज १ गते मात्रै एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)रोशन न्यौपाने ले समेत ब्यक्तिगत कारण भन्दै राजीनामा दिएका थिए । सो पश्चात अहिले एनआईसी एशिया बैंकको सीईओको जिम्मेवारीमा सुजित कुमार शाक्य रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*