शरद ओझाको मुद्दामा ‘अन्य आदेश’

काठमाडौं । शरद ओझाकोे मुद्दामा सर्वोच्च अदालतको आजको इजलासले ‘अन्य आदेश’ जारी गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा भएको रिटको सुनुवाईले ‘अन्य आदेश’ दिएको हो । यसअघि गत भदौं २३ गते जारी अल्पकालिन अन्तरिम आदेश जारी राख्ने कि खारेज गर्ने भन्ने सम्बन्धमा भएको बहसमा इजलासले थप फाइल झिकाउन अन्य आदेश जारी गरेको हो ।
ओझाले सरकारले फर्जी कागजातको आधारमा आफूलाई बर्खास्त गर्ने निर्णय गैर कानुनी भएको भन्दै रिट दायर गरेका थिए । साथै अर्थमन्त्री रामेश्वर खानालविरुद्धको अदालतको अवहेलना मुद्दा पनि दायर गरेकोमा दुवै मुद्दाहरु एकसाथ आजको इजलासमा सुनुवाई भएको हो ।
ओझाका विरुद्धमा फर्जी कागजात पेश गरी झुक्याएर नियुक्ती लिएको सम्बन्धमा यसअघि दायर मुद्दा सर्वोच्च अदालतमै बिचाराधिन अवस्थामा रहेको छ ।













