बीमा अभिकर्ताको परिक्षामा सहभागी ११ जना फर्जी परिक्षार्थीमाथि बीमा प्राधिकरणद्वारा कारवाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षमा सहभागी ११ जना फर्जी परिक्षार्थीमाथि कारवाही गरेको छ ।
बीमा प्राधिकरणले अनलाईन परिक्षामा अभिकर्ताहरुले अनियमित कार्य गरेको कारण सो बमोजिम विभिन्न ६ कम्पनीका ११ जना अभिकर्तालाई कारवाही गरेको हो ।

प्राधिकरणले संखुवासभाका छिरिङ्ग शेर्पा, कान्ती कुमारी शर्मा र पवर्त जलजलाका सृजना शर्मा, भक्तपुर सूर्यविनायकका विवेक विष्ट, कास्की रुपा गाविसका मन्दिप सुवेदी, कपिलवस्तु भुकुटीका सन्दिप थारु, दुधपोखरीका रमेश चन्द्र दवाडी, लम्जुङ, देर्दीका आश्का मिश्र पौडेल, धनुषा चीरेश्नाथका अम्बिका शाह, नुवाकोट राउतवेशीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपालीलाई कारावाही गरेको हो ।
बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता(अभिकर्ता) परिक्षा संचालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा ६ बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परिक्षामा सामेल हुन नपाउने गरी रोक लगाएको उपनिर्देशक सविता थापाले बताएकी छिन् ।













