सुपर खुदी हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति

६ पुष २०८२, आईतवार १६:५६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सुपर खुदी हाइड्रोपावरलाई आइपीओ निष्काशनको अनुमति दिएको छ ।

बोर्डले अकिंत मूल्य १०० रुपैयाँमा ३१ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको हो । आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*