लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाडौंको नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा.लि मा दिउँसो साढे २ बजे चौधौं वार्षिक साधारणसभा बोलाएको छ।
सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आवको प्रतिवेदनका साथै वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्नेछ।
त्यसैगरी थप परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाबाट थप ऋण लिने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १४ गते कम्पनीको बुक क्लोज गरिने कम्पनीले जानकारी दिएको छ। तसर्थ पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।













