नागरिक लगानी कोषद्वारा १३ प्रतिशत लाभांश घोषणा
७ पुष २०८२, सोमबार ०९:५३

काठमाडौं । नागरिक लगानी कोषको हिजो बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो।
घोषित लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई कोषको वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।














