नेप्सेले बोलायो ४४औँ वार्षिक साधारण सभा, ८५ प्रतिशत लाभांश पारित गरिने

७ पुष २०८२, सोमबार १०:३५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ४४औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा पुष २९ गते युएनआई शान्तिमार्ग काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेप्से सञ्चालक समितिको पुस ४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट चुक्ता पुँजी १ अर्ब रुपैयाँको करसहित ८५ प्रतिशतका दरले ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेप्सेको सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा नोक्सान तथा अन्य आयको विवरण, इक्विटिमा भएको परिवर्तन सम्बन्धी विवरण, नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची उपर छलफल गरी पारित गर्नेछ ।

साथै, चालु आर्थिक वर्ष २०८२र८३ को लागि महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त हुने लेखापरीक्षकलाई नेप्सेको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा निजको पारिश्रमिक र सेवा, शर्त तोक्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*