सुनचाँदीको मूल्य हालसम्मकै उच्च, सोमबार प्रतितोला कति ?
७ पुष २०८२, सोमबार १०:४५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुन एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा १३० रुपैयाँले बढेर चार हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।













