गुल्मीको अटो वर्कशपमा भीषण आगलागी
७ पुष २०८२, सोमबार १२:०५

काठमाडौं । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ स्थित एउटा अटो वर्कशपमा भीषण आगलागी भएको छ।
बिक्रम सुनारले सञ्चालन गरेको सुजता अटो वर्कशपमा एक्कासी आगो सल्किएर भीषण रूप लिएको हो। अहिले उक्त क्षेत्रमा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
आगो नियन्त्रणमै लिने क्रम जारी रहेकोले के कारणले आगलागी भएको र कतिको क्षति भयो भन्ने विवरण आइसकेको छैन।













