जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण

७ पुष २०८२, सोमबार १२:४७

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ।

प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो । बीमा अभिकर्ताको परिक्षामा सहभागी तीन परिक्षार्थीहरुले बीमा कम्पनीका एजेन्सी म्यानेनजर र कम्पनीका कर्मचारीहरुको सल्लाहमा उक्त काम गरेको भन्दै गुनासो व्यक्त गरेका छन् ।यो सँगै बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि छानविन गर्न सु्ररु गरेको छ । प्राधिकरणले यस बिषयमा छानविन गरी दोषीमाथि कारावहीको प्रकृया अघि बढाउन लागेको जनाएको छ।

बीमा अभिकर्ता बन्न सजिलो माध्यम रहेको भन्दै परिक्षामा फर्जी परिक्षार्थी सहभागी गराउने कम्पनीका एजेन्सी म्यानेनजर र कर्मचारीलाई प्राधिकरणले यतिबेला निगरानीमा राखेको छ ।

परिक्षामा सहभागी अधिंकाश परिक्षार्थीहरुले बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेनजरको सल्लाहमा आफूहरुले नियम विपरित काम गरेको बीमापोष्टलाई बताएका छन् ।

प्राधिकरणले पुस ६ गते संखुवासभाका छिरिङ्ग शेर्पा, कान्ती कुमारी शर्मा र पवर्त जलजलाका सृजना शर्मा, भक्तपुर सूर्यविनायकका विवेक विष्ट, कास्की रुपा गाविसका मन्दिप सुवेदी, कपिलवस्तु भुकुटीका सन्दिप थारु, दुधपोखरीका रमेश चन्द्र दवाडी, लम्जुङ, देर्दीका आश्का मिश्र पौडेल, धनुषा चीरेश्नाथका अम्बिका शाह, नुवाकोट राउतवेशीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपालीलाई कारावाही गरेको थियो । बीमापोष्टले अधिकांश परिक्षार्थीसँग यस बिषयमा जानकारी लिँदा कम्पनीका कर्मचारीको कारण नै ऐन विपरित काम गरेको स्वीकार गरेका छन ।

बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता(अभिकर्ता) परिक्षा संचालन सम्बन्धी निर्देशिका, २०७९ को दफा ८ को उपदफा ६ बमोजिम तीन महिनासम्म बीमा अभिकर्ताको परिक्षामा सामेल हुन नपाउने गरी रोक लगाएको छ । सो कारण ती परिक्षार्थीहरुले तीन महिनासम्म बीमा प्राधिकरणले लिने कुनै परिक्षामा सहभागी हुन पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*