राताम्य यात्रामा पनि यी १० कम्पनीको शेयर मूल्यमा सर्वाधिक वृद्धि
७ पुष २०८२, सोमबार १५:१४

काठमाडौँ । शेयर बजार आज पनि राताम्य भएको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको लगानी बालुवामा पानि झै भइरहेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८८ अकंले घटेर २५८१.२१ बिन्दुमा कायम भएको छ । आज ३३२ कम्पनीको ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५१ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।
बजार घटेपनि आज एसवाई प्यानलको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर एकैदिन प्रतिकित्ता ६८.४० रुपैयाँले बढेर ७५३.२० रुपैयाँ पुगेको छ ।
साथै, सिटिजन बैंक डिबेञ्चरको ६.०१ प्रतिशत, केबिएल डिबेञ्चरको ५.९२ प्रतिशत, सिवाईसी नेपालको ५.९० प्रतिशतले शेयर मूल्य बढेको छ ।
यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो














