देउवा-ओली गोप्य छलफल, राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिँदै
७ पुष २०८२, सोमबार १६:५७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
सोमबार महाराजगञ्जमा देउवा र ओलीबीच भेट भएको हो। ओलीको सचिवालयका अनुसार भेटमा एमाले र कांग्रेसले सर्वोच्च अदालतमा दर्ता गराएका मुद्दा तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो।
देशको पछिल्लो राजनीतिक घटनाक्रम, दलहरूबीचको सम्बन्ध र आगामी रणनीतिका विषयमा पनि दुवै नेताबीच विचार–विमर्श भएको बताइएको छ। यद्यपि भेटवार्ताका विषयवस्तु सार्वजनिक गरिएका छैनन्।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।













